चलचित्रविकास बोर्ड अध्यक्ष बन्न को कस्ले दिए आवेदन

२०७७ बैशाख ३०, मंगलवार ०५:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गत मंसिर २९ गते चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि सो पद अहिले सम्म खालि रहेको छ । नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि बैशाख १६ गते खुला प्रतिस्पर्धाको लागि १५ दिन समयाअवधी राखेर योग्यता पुगेकाहरुको लागि दरखास्त आब्हान गरेको छ ।

आवेदनको समयाअवधी आज सकिदैछ । बोर्ड अध्यक्ष बन्नको लागि ३० बर्ष पुरा भई ६५ बर्ष उमेर ननाघेको ,शैक्षिक हकमा स्नातक तह उत्तिर्ण गरी दश बर्ष चलचित्र क्षेत्रमा काम गरेको वा २० बर्ष चलचित्र क्षेत्रमा काम गरेको र प्रविणता प्रमाण तह उत्तिर्ण हुनु पर्ने सुचनामा उल्लेख छ ।

चलचित्र विकासबोर्डको अध्यक्ष पद सरकारी नियुक्ति हुने भएकोले धेरै चलचित्रकर्मीहरु आ आफ्नो पहुच भएका राजनैतिक दलका नेताहरुसंग भित्रभित्रै दौडधुप गरीरहेका छन् । अहिले सम्म निर्देशक दयाराम दाहाल ,जो चलचित्र विकासबोर्डका सदस्य समेत रहेका छन् भने बोर्ड अध्यक्षका प्रमुख दाबेदारीको रुपमा उनलाई हेरीएको छ ।

यता कलाकार सोहीत मानन्धरले पनि बोर्ड अध्यक्ष पदका लागि आबेदन दिएका छन् ,उनले बोर्ड अध्यक्ष पदको लागि चाहिने योग्यता आफुमा पुगेकोले आबेदन दिएको बताए ।

चलचित्र निर्माता अर्जुन कुमारले पनि अब चलचित्र क्षेत्रको उत्थानको लागि भन्दै चलचित्र विकासबोर्डको अध्यक्ष पदको लागि आबेदन दिएका छन् ।

यता कलाकार भीमा मैनालीले पनि आफु बोर्ड अध्यक्ष बन्न योग्य भएको भन्दै आवेदन दिएकीछन् । कतिजनाले आबेदन दिएका छन् भन्ने जानकारी आज सांझ सम्म आईसक्ने छ

नायक भुवन केसी ,नायक निखिल उप्रेती ,कलाकार तथा निर्देशक लय संग्रौला लगाएतको नाम समेत चलचित्र विकास बोर्ड अध्यक्ष बन्ने दौडमा रहेको चर्चा छ ।
ैे

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय