भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेको छ । नेपाललाई थाहै नदिई नेपाली भूमिको प्रयोग गरी भारतले धार्चुला–लिपुलेक लिंकरोड उद्घाटन गरेपछि यसले गम्भीर प्रश्न खडा गरेको छ । सर्बत्र बिरोध भैरहेको यसै बीच नेपाली कलाकारहरुले आफ्नो तर्फबाट सामाजिक संञ्जाल मार्फत बिरोध गरेका छन् ।
नायिका रेखा थापाले देशको सिमा मिचिदा सबै एक जुट हुन आग्रह गरेकी छन् ।

नायिका करिश्मा मानन्धरले एक अनलाईनको कार्टुन पोष्ट गर्दै सहने शक्ति दिउन भनेकी छन. ।

यता निर्मातसंघका अध्यक्ष आकाश अधिकारीले राष्ट्रको बारेमा सोच्ने बेला आएको भन्दै पोष्ट गरेका छन् ।

निर्देशक दिपेन्द्र के खनालले एक अनलाई को समाचार शेयर गर्दै भारतको जवाफ आएछ अब के भनेका छन् ।

यता निर्देशक नवल नेपालले सिमा र जनताको रक्षा होस भनेका छन् ।



