लकडाउन भएको आज ४८ दिन पुगिसकेको छ । यतिबेला नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि युट्युवमा अपलोड भएका चलचित्रहरु मनोरञ्जनको माध्यम बनेको छ । युट्युवमा अपलोड भएका चलचित्रहरुको भ्युज पनि ह्वात्तै बढेको छ भने ट्रेन्डीङमा लकडाउनको समयअवधिमा अपलोड भएका नेपाली चलचित्रहरुनै पुगेका छन् । यतिबेला केहि नया तथा पुराना युट्युवमा अपलोड भएका चलचित्रहरुलाई घरमै बसेर दर्शकहरुले हेरेर राम्रो प्रतिक्रिया दिएका छन् भने प्रदर्शन पछि राम्रो समीक्षा पनि पाएका थिए । तिनै मध्ये टप टेन यि हुन चलचित्रहरु जो लकडाउनमा धेरै हेरीएका छन् भने समिक्षा समेत राम्रो पाएका छन् ।
बलिदान
निर्देशक तुलसी घिमिरे निर्देशित लोकप्रिय चलचित्र हो ‘बलिदान’ । यो चलचित्र सन् १९९७ मा बनेको हो। १ सय ६८ मिनेट लामो यो चलचित्र सदाबहार चलचित्र हो। यसलाई ९८ प्रतिशत दर्शकले राम्रो भनेका छन्। यो चलचित्र माक्सवादी क्रान्तिमा आधारित चलचित्र हो। राष्ट र राष्ट्रियता जगाउने यो चलचित्रले मातृभूमिप्रतिको बलिदानलाई देखाएको छ । यो नेपाली चलचित्रहरुमा धेरै हेरिएको चलचित्र हो ।
लुट
निश्चल बस्नेत निर्देशित चलचित्र लुट सन् २०१२ मा बनेको चलचित्र हो। यो चलचित्र १ सय २१ मिनेटको छ। ‘क्राइम एक्सन’ मा आधारित यो चलचित्र एकदमै सफल चलचित्र हो र यो चलचित्रले सबैभन्दा धेरै कमाई गरेको थियो। यो चलचित्र ५ यूवाहरु जो छिट्टै धनि बन्न चाहन्थे, उनीहरुले बैंक चोर्ने योजना बनाएको कथामा आधारित छ।
कबड्डी कबड्डी
रामबाबु गुरुङ निर्देशित चलचित्र कबड्डी कबड्डी सन् २०१३ मा बनेको कबड्डीको श्रृंखला हो । सन् २०१५ मा बनेको यो चलचित्र १ सय १५ मिनेट लामो छ। यो चलचित्र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनशैलीमा आधारित छ।
झोला
कृष्ण धराबासी लिखित पुस्तकमा आधारित चलचित्र झोलालाई यादव कुमार भट्टराईले निर्दशन गरेका हुन्। सन् २०१३ मा प्रदर्शन भएको यो चलचित्र बुढो मान्छेको पुरानो झोला देखाएर सुरु हुन्छ। त्यही झोलामा भएको किताबमा यो कथा हुन्छ। यो चलचित्रमा सति प्रथाको बारेमा देखाइएको छ। वि सं १९२० ताका यो प्रथा अस्तित्वमा थियो। यो चलचित्रले थुप्रै सम्मान प्राप्त गर्यो।
टलकजंग भर्सेस टुल्के
निश्चल बस्नेत निर्देशित चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ सन् २०१४ मा बनेको चलचित्र हो । यो चलचित्र शहरीया जीवनसँग गाउँले जीवनको तुलना हो। यो चलचित्रमा पनि द्वन्द्वले मानिसलाई कसरी प्रभावित पार्छ भनेर देखाउन खोजिएको छ।
साँघुरो
साँघुरो शब्दले गरिबीलाई बुझाउँछ, सन् २०१५ मा बनेको यो चलचित्रलाई जोयस पाण्डेले निर्देशन गरेका हुन्। यो चलचित्रले नवविवाहित जोडिको कथा भनेको छ, जो एकै कोठामा बसेको परिवारसँग एकान्त समयको लागि संघर्ष गरिरहेका छन्।
परदेशी
सन् २०१५ मा बेनेको चलचित्र परदेशी निर्देशक नारायण रायमाभिले निर्देशन गरेका हुन् । यो चलचित्रले खाडी मुलुकमा रोजगारीको लागि जाने जनसमुदायको कथा भन्छ। यो चलचित्र मायालु जोडिको कथा हो।
पशुपति प्रसाद
दिपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपति प्रसाद सन् २०१६ मा बनेको चलचित्र हो। १ सय ३५ मिनेट लामो यो चलचित्र एउटा युवाको संघर्षमा केन्द्रित छ, जो आफ्नो बाबुको इच्छा आकांक्षा पूरा गर्न लागिपर्छ।
शहरमा उसले धेरै प्रकारका पात्रहरु भेट्छ। कतिले उसलाई माया गर्छन्, कतिले उसको दयालुपनलाई बुझ्छन् भने कति उसलाई समाप्त गर्न चाहन्छन्। यो चलचित्रको अन्त्यले दर्शकको आँखामा आँशु ल्याउँछ। यो चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन्। यो चलचित्रले राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।
छक्का पञ्जा
सन् २०१६ मा नै बनेको अर्को चलचित्र हो, छक्का पञ्जा । १ सय ३६ मिनेट लामो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्। यो चलचित्र हाँस्यव्यंग्यमा आधारित चलचित्र हो। हाँस्य कलाकारको टोलि मिलेर बनेको यो चलचित्र युवापुस्तामा केन्द्रित छ, जो रोजगारीको लागि खाडी हानिएका छन्।
यो चलचित्रमा नायिका प्रियंका कार्की र नायक दीपकराज गिरी मुख्य भूमिकामा छन्। यो चलचित्रको राजनराज शिवाकोटी र अन्जु पन्तले गाएको पूर्व पश्चिम रेल गीत धेरै रुचाइएको गीत थियो।
यो चलचित्रले हिमाली क्षेत्रको सुन्दरता एवं सँस्कृतिलाई देखाएको छ। यो चलचित्रले नेपाली चलचित्र क्षेत्रको इतिहासमा नै सबैभन्दा धेरै कमाई गरेर रेकर्ड राखेको थियो।
वडा नं ६
सन् २०१६ मा उज्जवल घिमिरे निर्देशित चलचित्र वडा नं छ ले नेपाली समाजको केही पुरानो अवस्थाको कथा भन्छ। माओवादी जनयुद्धको समयमा साधारण मानिसहरु कसरी प्रभावित भए चलचित्रले देखाउन खोजेको छ। यो चलचित्र नुवाकोटको सेरोफेरोमा बनेको छ। यसमा जातीय विभेद, द्वन्द्व लगायतका सामाजिक परिस्थितीको उठान गरिएको छ।
यो चलचित्रले सन् २०१६ मा भएको ओस्कार अवार्डमा प्रवेश पनि पाएको थियो। यो चलचित्र सन् २०१५ को राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको थियो।


