गायिका अञ्जु पन्तलाई डराएर घर बस्न मन लागेन

२०७७ बैशाख २७, शनिबार ०२:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा लामो समय देखि लकडाउन भएपछि समस्यामा परेकाहरुलाई गायिका अञ्जु पन्त फाउन्डेशनले खाना बितरण गरेको छ । काठमांडौका बिभिन्न स्थानमा रहेका १ हजारलाई खाना बितरण गरीसकेको गायिका अञ्जु पन्तले सामाजिक संञ्जाल मार्फत जानकारी गराएकी छन् । गायिका अञ्जु पन्त फाउन्डेशनले बिभिन्न समयमा सामाजिक कार्यहरु गर्दै सहयोग गर्दै आएको छ ।

राहत बितरण पछि गायिका अञ्जुको फेबुक स्टाटस

कोरोना कहरः डरले घर बस्न भन्दा भोकको आगोले
कर लाग्यो ।
लामो समयको लगडाउनले छट्पटिएका भोको पेटहरुलाई खाना खुवाउने हाम्रो प्रयासमा विभिन्न १२ स्थानमा एक हजारलाई खाना वितरण गर्न सकेका छौँ । सहकार्य गर्ने सबैमा धन्यवाद् ? अब हजुरहरु पनि आउनुस हातेमालो गरौ , सबै मिलि सहायता गरौ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय