कलाकार दिपकराज गिरीलाई बेलाबखतमा गंजेडी भनेर आरोप लागेको उनी आफै स्विकार्छन । नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ४१ औं दिन उनिसंग भेट हुदा उनले गाँजा कै सन्दर्भ निकाले ।
विश्वब्यापी महामारीको रुपमा फैलीएको कोरोना भाइरसका कारण अब नेपालमा बेरोजगार माथि बेरोजगार झन थपीएको छ ।रेमिट्यान्सले धानेको नेपाल हो अब बिदेशमा भएका नेपालीहरु लकडाउन खुलेपछि नेपाल आउन आतुर छन् , अब नेपाली उत्पादन र कृर्षिलाई प्रोत्साहन गर्नु पर्ने भन्दै कलाकार दिपराज गिरीले गाँजा खेतीलाई प्रोत्साहन गर्न जोड दिन थाले ।
बेलाबखत सन्दर्भ चल्दा गाँजाको बारेमा उनले चर्चा गरीरहन्छन । गाजाकै मोह किन त भन्दा दिपकराज गिरी प्रष्ट्यउंछन सबै कुरालाई सकरात्मक तरिकाले हेर्नुपर्छ गांजालाई हामी नेपालीहरुले नराम्रो भन्छौ तर गाजा उत्पादनको लागि कुनै मेहनत नै गर्नु पर्दै जस्तोसुकै रुखो स्थानमा छरेपनि हलक्कै बढ्छ फल दिन्छ त्यो फलको सदुपयोग गरेर नियम बनाएर हामीले बेच्न सक्नुपर्छ ,जस्ले रोजगार दिलाउंछ आफ्नो उत्पादन पनि विश्वब्यापी जान्छ ।
दिपक थप्छन् आज बिदेशबाट आएका अल्कोहल लगाएत ,अन्य लागुपदार्थ नेपालमा किन भित्रिएको छ त ,तर हामी आफ्नो उत्पादनलाई सदसपयोग गर्न सकिरहेका छैनौ ,गाँजा खाए बिग्रन्छ भन्ने मानसिकता राख्छौं ,त्यसो त रक्सी खाने २४ घन्टा खाइनै रहेको छ ,खै त रोक्न सकेको ? । कलाकार दिपक भन्छन् जोसंग जे छ त्यही बेच्ने हो थाईल्यान्डले सेक्स बेच्दा हाम्रो उत्पादन गाजा बेच्न किन नहुने ?
चलचित्र लेखक निर्माता तथा हास्य कलाकार दिपकराज गिरीले गाँजा उत्पादन र बिक्री बितरणको कुरा उठाईरहंदा नेपालमा ५ दशकदेखि प्रतिबन्धित गाँजा बिधेयक २०७६ फागुनमै प्रतिनिधि सभामा दर्ता भैसकेको छ।
प्रतिनिधि सभाको विधेयक शाखामा सांसद शेर बहादुर तामाङले गाँजा विधेयक दर्ता गरेका हुन् । तमाङले दर्ता गराएको गाँजा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विधयेक हो।
गाँजा बिधेयक संसदमा दर्ता भएपनि पास भने अहिलेसम्म भएको छैन ।
सांसद शेरबहादुर तमाङले गाँजा खेतीलाई खुल्ला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने भन्दै बिधेयक दर्ता गराएका हुन ।
कलाकार दिपकराज गिरी यतिबेला लकडाउनमा बिभिन्न स्थानमा रहात बितरण कार्यक्रममा हल्लखल्ल नगरी पुगीरहेका छन् ।
आफ्नै क्षेत्रका प्राविधिकहरुको लागि पनि लकडाउन शुरुभएयता उनको टिमले सहयोग गरेको थियो । अहिलेपनि प्राविधिक क्षेत्रमा काम गर्नेहरुलागि हल्ला नगरी राहत बितरण गर्ने कार्यमा कलाकार दिपकराज गिरी अगाडि बढीरहेका छन ।
उनै दिपकराज गिरीसंग गरीएको बिशेष कुराकानीको भीडीयो ।


