चर्चित गायिका विष्णु माझीकी आमाको निधन

२०७७ बैशाख २०, शनिबार ०७:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित गायिका विष्णु माझीकी आमाको निधन भएको छ । गायिका माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार ५८ वर्षको उमेरमा निधन भएको हो ।

उनको स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको आफ्नै घरमा निधन भएको जनाइएको छ ।

उनी लामो समयदेखि उच्चरक्त चापकी बिरामी थिइन् । गायिका विष्णु माझी नेपालकै चर्चित लोकदोहोरी गायिका हुन् ।

बिष्णस माझी केहि बर्ष देखि गित रेकर्डको लागि स्टुडीयो सम्म पुगे पनि मिडियामा सार्वजनिक हुन चाहेकी छैनन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय