समाजसेवी कलाकार द्वय सीताराम कट्टेल ‘धुर्मुस’ र उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले राहत वितरण गरेका छन् ।
लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरूलाई उनीहरूले राहत प्रदान गरेका हुन् । कीर्तिपुर त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत २०० बिद्यार्थीहरुको लागी २०० बोरा चामल ,६०० के जी दाल , २०० लिटर तेल , २०० प्याकेट नुन र २०० कार्टुन बिस्कुट वितरण गरिएको छ।
धुर्मुस सुन्तली फाउन्डेसनमार्फत उनीहरूले कीर्तिपुरमा बसेका त्रिभुवन विश्वविद्यालयसहितका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मङ्गलवार चामल, दालसहित खाद्यान्न प्रदान गरेका हुन् । चरणबद्ध रूपमा विद्यार्थीसहित लकडाउनका कारण समस्यामा परेकाहरूलाई राहत प्रदान गरिने उनीहरूले जानकारी दिएका छन् ।


