एकहप्ता देखि पासवर्ड चलचित्र टेन्डीङमा

२०७७ बैशाख ७, आईतवार ०४:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लकडाउनका बेला युट्युबमा अपलोड गरिएको नेपाली चलचित्र लगातार टेण्डीङमा रहेको छ ।
बलिउड चर्चित अभिनेत्री सन्नी लिओनी फिचर्ड नेपाली चलचित्र सोमवार युट्युबमा रिलिज गरिएको थियो ।

सोमवार रिलिज गरिएको सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र रिलिजको दुई दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।

यति बेलासम्म चलचित्रलाई २८ लाख ५ हजार बढिले हेरिसकेका छन् । हलमा औसत प्रतिक्रिया पाएको यस चलचित्रले युट्युबमा पनि मिश्रित प्रतिक्रिया पाएको छ ।

चलचित्रमा अनुपविक्रम शाहीका साथमा विक्रम जोशी विक्की बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको पनि अभिनय रहेको चलचित्रलाई विक्रम जोशीले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=TGNlBS9xXtI

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय