नेपालबाट भुटान पुगेर नायिका उगेन बसीन क्वारेन्टाइनमा

२०७७ बैशाख ७, आईतवार ०४:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत  शनिवार आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म २ नम्बरीमा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् ।
उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान पारो विमानस्थल फर्केको थियो ।
अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । स्थिति सामान्य भएपछि २ नम्बरी चलचित्रको बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउने निर्देशक दिपेन्द्र लामाले जानकारी दिए ।

नेपाली चलचित्र ‘२ नम्बरी’को छायाङ्कनको लागि नेपाल आएकी उनी लक डाउनले यतै अड्किएकी थिइन् ।  उ दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’मा उगेनले दयाहाङ राईसँग जोडी बाँधेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय