योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता र दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता र दर्शकको रोजाइमा रहेका छन् ।
सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीतरसङ्गीत संयोजन, एचवीएन किस्मतको मिक्सिङ्रमाष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
सार्वजनिक भएको केहि घण्टामै युट्युबको ट्रेन्डिङ्गमा आएको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ ।
डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले पहिलो पटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ ।
सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले पर्दामा उतारेका छन् । भिडियोको दृश्य सम्पादन भने पवन शुष्लिङले गरेका हुन् ।


