अरुले आर्थिक सहयोग गर्दा नायक प्रदिपले गरे रक्तदान

२०७६ चैत्र २८, शुक्रबार ०३:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कोरोना भाईरस रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका बेला फिल्मकर्मीहरु आ आफ्नो तरिकाबाट बिभिन्न सामाजिक काममा जुटेका छन् । प्रेमगित ३ टिमले रक्तदान गरेको छ । नायक प्रदिप खड्काले पनि रक्तदान गरेका छन । अन्य कलाकारहरुले आर्थिक सहयोग प्रदान गर्दा नायक प्रदिप खड्काले रक्तदान गरेका छन् ।

फिल्मसँग जोडिएका ४० जनाले रक्तदान गरेको निर्देशक, कलाकार तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

रगतको अभावलाई मध्यनजर गर्दैउनले सामाजिक दूरी कायम गरेर रक्तदान गरिएको निर्माता सन्तोष सेनले  बताए । निर्माता सेनसँगै ‘प्रेमगीत ३’ का प्रमुख अभिनेता प्रदीप खड्का, नव अभिनेत्री क्रिस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, नव अभिनेता मनिष राउतलगायतले राजधानीमा रहेको ग्रिनसिटी हस्पिटलमा पुगेर रक्तदान गरेका हुन् ।

२  ,२ जना गरि पालैपिलो रक्तदान गरिएको निर्माता सेनले जानकारी दिए ।

ग्रीनसीटी अस्पताल र रेडक्रसले प्रेमगित ३ टिमको रक्रदान कार्यक्रमलाई सहजीकरण गरेको थियो ।

5

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय