नायिका केकी अधिकारी यतिबेला विश्ब्यापी रुपमा फैलीएको कोरोना भाइरस महामारीबाट बच्न नेपाल सरकारले लागु गरेको लकडाउन सदुपयोग गरीरहेकीछन् । आजभोलि खानाका परिकार बनाउन देखि घरयासी कामहरुमा ब्यस्त छिन् ।
महामारीकै रुपमा फैलीएको कोरोना भाईरसबाट बच्न नेपाल सरकार र सम्बन्धीत निकायले गरेको कामको नायिका केकीले खुलेरै प्रशंसा गरीन । नेपालमा लकडाउन हुनु अघि नायिका केकी अधिकारी परदेशी २ को सुटीङमा पोखरा पुगेकी थिईन ।
लकडाउनका कारण चलचित्र क्षेत्रको भबिष्य के होला भन्ने चिन्ता अहिले नरहेको उनको भनाई छ । सबै भन्दा महत्वपुर्ण मान्छेको स्वास्थ्य हो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने र भविष्यको लागि भन्दा पनि अहिलेको लागि स्वास्थ्यको चिन्ता लिनुपर्ने नायिका केकीको सुझाव छ ।
एउटा ढोका बन्द भए अर्को ढोका खुल्ने भएकोले अहिले आफ्नो कामको चिन्ता भन्दा पनि स्वास्थ्यको चिन्ता गर्न सबैलाई नायिका केकी आग्रह गर्छिन ।


