नायिका प्रीयंकाले जनवारलाई सहयोग गर्दा पुजाको प्रविधिकलाई दुई लाख सहयोग

२०७६ चैत्र २४, सोमबार ०३:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विश्वब्यापी रुपमा फैलएिको कोरोना भाईरस संक्रमण बाट सरकारले सतर्कता अपनाउदै लकडाउन गरीरहेको छ । जस्का कारण दखैनिक काम गर्नेहरुको लागि असहज अवस्था सृजना भएको छ , र चलचित्र क्षेत्रमा कार्यरत चलचित्र प्राविधिकहरुको लागि
चलचित्र प्राविधिक सङ्घले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न अपिल गरेपछि  विभिन्न व्यक्तिबाट सहयोग रकम जुटिरहेको छ । यसैबीचमा नायिका पुजा शर्माले आइतबार २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी छिन् ।

 


अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यान्न सामाग्री किनेर प्राविधिकहरूलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताएका छन् । यसै गरी अभिनेत्री वर्षा राउतले पनि ५१ हजार नगद सहयोग गरेकी छिन् । सङ्घमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरी तीन सय जनालाई राहत वितरण गरिँदै छ ।

यता सडकमा रहेका पशुहरूको उचित व्यवस्थापन र खानपानको लागी अभिनेत्री प्रियंका कार्की र उनका पति अभिनेता आयुष्मान देशराज जोशीले १ लाख सहयोग गर्ने भएका छन् ।

उनीहरूले सञ्चालन गरेको आयांका फाउन्डेसनका तर्फ बाट विश्व सामुदायिक पशु दिवसुको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । आयंका जोडीले एनिमल नेपाल नामक संस्थालाई एक लाख हस्तान्तरण गरेका हुन् । एनिमल नेपालले चलाउने एक कचौरा पानी, र एक कचौरा खाना अभियानमा पनि आयंका जोडीको साथ रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय