अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले चलचित्र प्राविधिकलाई सहयोग घोषणा गरेका छन् ।
शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै गिरीले उक्त घोषणा गरेका हुन् । उनिहरुले १ लाख दश हजार सहयोग गरेको जनाएका छन् ।
कोरोना भाईरसका कारण मारमा परेका चलचित्र प्राविधिकहरुलाई उनिहरुले सहयोग गर्न लागेका हुन। कलाकार तथा चलचित्र निर्माता दिपकराज गिरी , चलचित्र निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा कलाकार माग्ने बुढा केदार घिमिरेले फेसबुक स्टाटस मार्फत सहयोग गरेको जानकारी दिएका हुन ।
विश्वमा फैलीएको कोरोना भाईरस रोकथामको लागि नेपाल सरकारले गरेको लकडाउनमा मारमा परेका प्राविधिकहरुको लागि सहयोग गर्न सबैलाई आब्हन समेत उनिहरुले गरेका छन् ।



