भारी मत सहित चलचित्र पत्रकारसंघमा दिनेश सिटौला बिजयी

२०७६ चैत्र ६, बिहीबार ११:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र पत्रकार संघ, नेपालको आठौँ महाधिवेशनबाट अध्यक्ष पदमा दिनेश सिटौला निर्वाचित भएका छन् । कुल १३८ सदस्यले भोट खसाल्दा सिटौलाले ७० मत प्राप्त गरि अध्यक्ष पद जितेका हुन् ।

उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९, गीता अधिकारी र अनिल यादवले समान १४,१४ मत ल्याए ।

यस्तै कार्यक्रम उपाध्यक्ष तर्फ जीवन पराजुलीले ७४ मत ल्याएर विजयी भए । ६३ मत ल्याएका कुवेर गिरीले कार्यक्रम उपाध्यक्ष पदमा पराजय बेहोरे । संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्विरोध चयन भए ।

महासचिवमा समीर बलामीले प्रतिद्धन्द्धी बैकुण्ठराज पराजुलीलाई ३८ मतान्तरले पराजित गरे । समीरले ८८ मत ल्याउँदा बैकुण्ठको पक्षमा ५० मत खसेको थियो ।

सचिवमा रघुनाथ सापकोटाले राम खड्का ९आकाश०लाई ७४ मतान्तरले पराजित गर्दै जित हाँसिल गरे । रघुनाथले १०५ मत प्राप्त गर्दा रामको पक्षमा ३१ मत खस्यो । समावेशी सचिवमा विशाल राई निर्विरोध चयन भए ।

कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध चयन हुँदा सह कोषाध्यक्ष पदमा विनोद पोखरेल निर्वाचित भए । विनोदले प्रतिद्धन्द्धी लेख बहादुर आचार्य ९कुमारलाई ११ मतको अन्तरले पराजित गरेका थिए । विनोदको पक्षमा ७२ मत खस्दा लेखले ६० मत प्राप्त गरे ।

सदस्यमा नविन गिरीले सर्वाधिक १०५ मत प्राप्त गरेर निर्वाचित भए । यस्तै सदस्यमा निर्वाचित मनिष दाहाल अन्जानले ८२, मिलन ढुंगानाले ७६, गोपीकृष्ण चापागाईंले ७५, गणेश वली ९आशिष०ले ६९ र सृष्टि पोखरेलले ६६ मत प्राप्त गरे ।

सदस्य महिला तर्फ सुरक्षा भट्टराई र समावेशी तर्फ दीपक गुरुङ निर्विरोध चयन भए ।

आठौँ महाधिवेशन सम्पन्न भएसँगै चलचित्र पत्रकार संघ, नेपालले आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति पाएको छ । । निवर्तमान अध्यक्ष सन्दीप सापकोटाको नेतृत्वले अघिल्लो तीन वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय