लप्पनछप्पन २ को झुुसे बारुलो गितमा मिस्टर आरजेको र्याप

२०७६ चैत्र १, शनिबार ०४:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘लप्पन छप्पन २’को झुसे बारुलो बोलको गित सार्वजनिक गरीएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन । गितमा मिस्टर आरजेले र्याप गायका छन् ।

गीतमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, कविता नेपाली, मुकुन्द भट्ट, शक्ति श्रेष्ठ र सुपर गुरुङलगायतका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ ।

एक्सन ड्रामामा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे , दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

सिनेमामा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । सिनेमाका सह निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

https://www.youtube.com/watch?v=k5SZ8xkyc1g&feature=emb_logo

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय