नायिका आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरेकी छिन् । फागुन २९ गते, बिहिबार हिन्दू परम्परा अनुसार आँचल र उदिपको बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको हो ।
आँचलले आफ्नो बिबाहको तस्बिर अफिसियल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् ।
करिब एक बर्षको प्रेम पश्चात् आँचल र उदिपले पारिवारिक सहमतीमा बिबाह गरेका हुन् । बिबाह अगाडी आदीप जोडीले संगीत र मिहेन्दीको कार्यक्रम पनि गरेका थिए । शनिबार, चैत १ गते रिसेप्सन पार्टी राखिएको छ ।



