कोरोना भाइरस त्रासका कारण फिल्मीखबरको बार्षिकोत्सव सर्यो

२०७६ फाल्गुन ३०, शुक्रबार ०७:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्मीखबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरिएको छ  । विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको  ।

फिल्मीखबर चलचित्र वर्ष व्यक्तिका रुपमा यसपटक पुरुषतर्फ निर्देशक प्रदीप भट्टराई र महिलातर्फ गायिका मेलिना राई चयन भएको फिल्मीखबर साप्ताहिकले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ । यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने भएको छ ।

यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रङ्गपत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सविन स्मृति रङ्गपत्रकारिता पुरस्कार यसवर्षरङ्गपत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा गरेको छ ।

वार्षिकोत्सवकै दिन विशेष कार्यक्रम गरेर सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यसपटक कोरोना भाइरस प्रकोपका कारण केही दिनपछि मात्र कार्यक्रम गरि सम्मान र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियले बताएका छन् ।

प्रियका अनुसार, वर्ष व्यक्तिका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११।– ९एघार हजार एघार रुपैया मात्र० सहित सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय