नायक अनमोल केसीले आफुलाई लागेको ठगीको आरोपबारे स्पक्ष्टीकरण दिएका छन् । आईतबार सांझ , आफ्नखो फेसबुकमा स्टेटस लेख्दै आफु बिरुद्ध चरित्र हत्या गर्न खोजेको उनले बताएका छन् ।

हाल आफु चलचित्रको छांयाकनमा रहेको बेला आफ्नो चरित्र हत्या गरेकोमा आफु दुखी भएको उल्लेख गरेका छन् । धुपौरे नामक फिल्ममा वान लाईन स्टोरी सुनेर आफुले ओके गरेको तर पछि स्क्रििप्ट चेन्ज भएपछि आफुले काम नगरे उल्लेख गर्दै आफुले लिएको एडमान्स रकम जुनैपनि बेला फिर्ता दिन तयार रहेको उल्लेख गरेका छन् ।
केहि समय अगाडि धुपौरे नामक फिल्ममा अभिनय गर्न भनेर एडभान्स लिएर फिल्म नखेलेको भन्दै निर्माण टिमले नायक अनमोल केसी बिरुद्ध उजुरी गरेको थियो । यता नायक अनमोल केसीको स्टाटस फेसबुकमा सार्वजनिक भएपछि निर्माता संघका महासचिव रोज राणाले धुपौरे टिम र नायक अनमोल केसी बीचको विवाद छलफल र वार्ताको माध्यमबाट आन्तरीक रुपमा मिलाउने काम भैरहेको बेला सम्बनधीत पक्षबाट सार्वजनिक अभिब्यक्ति नदिन आग्रह गर्दै स्टाटस पोष्ट गरेका छन् ।



