चपली हाइट ३ को टिजर सार्वजनिक

२०७६ फाल्गुन २३, शुक्रबार ११:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत्र २८ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरीएको छ  ।  निकेस खड्काले निर्देशन गरेको क्राइम थ्रिलर स्टोरीमा बनेको फिल्ममा स्वस्ति खड्का, सुपुस्पा भट्ट, आमिर गौतम, महेश खड्का, प्रतिक श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, बिशाल पहाडी, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त व्यानरमा फिल्म निर्माण भएको फिल्ममा पुरुश्वत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन, जुनीम गहतराजको कलर, अस्ट महर्जनको एक्सन रहेको छ । आकाश बरालले लेखेको फिल्मलाई काठमाडौँमा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

https://www.youtube.com/watch?v=ZMmNPIWAU6g&feature=youtu.be&fbclid=IwAR1nh8eozAjBNY3qAocUreTZDwyL-D8EhhT4c6B-iZqZkIJtKcLhIpz-Bro

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय