‘हिरो रिटर्न्स बैशाख २६ मा रिलिज

२०७६ फाल्गुन २३, शुक्रबार १०:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैशाख २६ गते प्रदर्शन मिति तोक्दै ,रेखा थापा र सविन श्रेष्ठ स्टारर सिनेमा ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘हिरो रिटर्न्स’ निर्माणको लामो समय पश्चात रिलिज हुन् लागेको हो ।  अभिनेत्री रेखा थापाले   सिर्जना कहिल्यै पुरानो नहुने र सिनेमाको कन्टेन्ट बलियो भएको दावी गरिन । आशिष भेटवालले निर्देशन गरेको सिनेमामा रेखा र सविनसँगै  रोशन श्रेष्ठ , दिल श्रेष्ठको लगायतको अभिनय रहेको छ । हिरो रिटर्नसको शिर्ष गितमा रोशन श्रेष्ठ ,सविन श्रेष्ठ ,आंचल शर्मा लगायतको दमदार नृत्य रहेको छ ।

बैशाख २६ देखि रिलिज हुने सिनेमामा दीपक शर्मारटंक बुढाथोकीको संगीत, चन्द पन्तको एक्सन, शिवम अधिकारीको कथारपटकथारसंवाद, मदन कस्यप घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।

धुर्वतारा फिल्मस र सोम ओम शिव फिल्मसको प्रस्तुति ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने र धुर्व न्यौपानेको लगानी छ । चन्दन गौतम सिनेमाका कार्यकारी निर्माता हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय