बिना पारिश्रमिक भुटानी नायिका उगेन २ नम्बरीमा अभिनय गर्दे

२०७६ फाल्गुन २३, शुक्रबार १०:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र २ नम्बरीमा भुटानी नायिका उगेन छोदेनको अभिनय रहने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘२ नम्बरी’मा भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनको जोडी अभिनेता दयाहाङ राईसँग देखिने छ ।

यही सिनेमाबाट उनले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् । भुटानी नायिका उगेनले चलचित्र २ नम्बरीमा विना पारीश्रमीक स्वयंसेवकको रुपमा काम गर्ने निर्देशक दिपेन्द्रले बताए । चलचित्र फागुन २८ बाट छांयाकनमा जाने जानकारी गराईएपनि कोरोना भाईरस त्रासका कारण अब संम्भव नहुने बताईएको छ ।

चलचित्र २ नम्बरी असल मित्रको कथा संगै अपराधिक गतिबिधिको कथा रहेको निर्देशक दिपेन्द्रको भनाई छ ।

अभिनेत्री उगेनले नेपाली सिनेमामा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको सुनाइन् । भुटानमा विदेशी सिनेमा प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली सिनेमा हेर्ने गरेको उगेनले बताईन। ‘राजेश हमाल, पल शाह, दयाहाङ राईलगायतका कलाकारको भुटानमा ठूलो क्रेज रहेको नायिका उगेनले जानकारी गराईन ।

किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’लाई सुशन प्रजापतिले खिच्नेछन्। रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने सिनेमाका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने सिनेमामा अमलादेवी राईको सहलगानी रहनेछ । सिनेमालाई आगामी जनैपुर्णिमा रिलिज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय