भुकम्पले मन भत्कीएकाहरुको कथा रहेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा भुकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडालाई देखाइएको छ । भुकम्पको बेला भत्कीएका घर तथा संरचनाहरुको मात्रै चर्चा भयो ति भतकीएका संरचनाहरु बन्ने काम भए तर त्यह िभुकम्पले भत्काएको मान्छेको मन को अवस्था कस्तो छ भनेर फिल्म निरफुलले देखाउन खोजेको निर्देशक फुलमान बलले बताए । चलचित्र चैत्र ७ गते रिलिन गर्ने मिति तोकीए पनि कोरोना भाईरसकाक कारण सर्न सक्ने निमार्ण पक्षको भनाई रहेको छ ।
ट्रेलरमा चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई पनि स्थान दिइएको छ । आफ्नो हाराएको छोरी खोज्नको लागि दयाहाङ र शान्ति विभिन्न निकायसम्म पुगेको कुरालाई ट्रेलरमा देखाइएको छ ।
चलचित्रमा दयाहाङ, बुद्धि र शान्तिसँगै जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।
सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।


