नायिका ऋचा शर्मा पछिल्लो समय सबैको नजरमा परेकी नायिका हुन । रियालीटी शो कमेडी च्याम्पीयनमा एक मात्र महिाला जजको रुपमा रहेकी नायिका ऋचाको हाउभाउ र कमेन्ट गर्ने शैली सबैको नजरमा परेको छ ।
कमेडी च्याम्पीयनको शुरुवाती दिनमा ऋचा शर्माको कमेडी क्षेत्रमा के योगदान छ किन जज के कसरी भन्ने अनेक टिका टिपपणी भएपनि पछिल्लो समय भने बरिष्ठ कलाकार संतोष पन्त , मनोज गजुरेल र निर्देशक प्रदीप भट्टराईसंगै नायिका ऋचा समेत कमेडी च्याम्पीयनको जजप्यानलमा रहेकी ऋचाको क्रेज बढेको छ ।
वैवाहिक जिवनसमेत शुरुवात गरीसकेकी नायिका ऋचाको चलचित्र क्षेत्रको यात्रा भने सुखद थिएन । उनी आफैले हहर फिल्म भनेर बनाएको सुनकेसरी फिल्म कमेडी भयो भने कमेन्ट आएको थियो सोही कुरालाई कमेडी च्याम्पीयनका प्रतियोगीहरुले समेत स्टेजमा खुलेर रोस्ट गर्छन जहा“ नायिका ऋचाले हा“सेरै उडाउछीन ।
नायिका ऋचाले कमेडी च्याम्पीयनमा प्रतियोगीहरुको लागि कमेन्ट गर्दा बोल्ने मज्जा आयो थेगो बजारमा हिट छ । पछिल्लो समय मिडिया फ्रेन्डली पनि भएकी छन् । उनै ऋचाको कमेडी च्याम्पीयनमा दैखिएको बोल्ड पहिरनका तस्वीरहरु उनकै फेसबुक वालबाट ।



