सेलीब्रटीलेनै चलचित्रको झुट प्रतिक्रिया दिन्छन्

२०७६ फाल्गुन १३, मंगलवार ०४:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली चलचित्र जब प्रदर्शनकमो तयारी हुन्छ तब तीब्र गतिमा प्रचारप्रसार शुरु हुन्छ ।

प्रीमीयर शो पनि तामझामका साथ गरीन्छ , जुन प्रचारप्रसार र रिभ्युको लागि गरीन्छ । पछिल्लो चलचित्रहरु जति बनीरहेका छन् एका दुई छोडेर सबै चलचित्रको समिक्षा गतिलो छैन ।

समिक्षकले त लेख्ने नै भए, ठुलो आशा लिएर चलचित्र हेरेर हलबाट निक्लिएपछि दर्शकले समेत झुर फिल्म अब कहिले नेपाली फिल्म हेरीदैन भनेर निक्लन्छन् । यता निर्माताले करोडौ रुपैया खर्चीएर बनाएको चलचित्रलाई नराम्रो भनीदिंदा चित्त दुख्नेनै भयो ।

अनि समिक्षकको सत्तोसराप गर्ने एकअर्काप्रति रीसीवी राख्ने क्रम बढ्ने गरेको छ । यता चलचित्र क्षेत्रकै सन्ततीहरुले निर्माण निर्देशन ,अभिनय गरेको चलचित्रको त सबैले जस्तो भएपनि खुलेरै तारीफ गर्नुपर्ने बाध्यता सबैलाई छ ।

त्यसैले चलचित्र हेर्न हलमा पुगेका र निरन्तर चलचित्र बनाईरहेका सेलीब्रटीहरु नै एक अर्कालाई सहयोग भन्देै क्यामेरा अगाडि चलचित्र राम्रो होस या नराम्रो या नक्कल गरीएकै चलचित्र किन नहोस ,चलचित्र अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिईरहन्छन् , जुन उनिहरुको झुट प्रतिक्रिया हुन्छ । अनि क्यामेरा पछाडि वा चिया गफमा भने चलचित्रको समिक्षा र आलोचना आफै  गर्न थाल्छन् ।

उदाहरणकै लागि महसंञ्चारको प्रस्तुतीमा बनेको किरण केसीको दालभात चलचित्रलाई धेरै दर्शकहरुले आलोचना गरे तर सेलीब्रेटीहरुले क्यामेरा अगाडि सर्वाधिक राम्रो भनेर तारीफ गरे ,डिप्लोम्याटीक भर्सनमा भने नया“ प्रयोग हो भनेर प्रतिक्रिया दिए ।

त्यस्तै हाल चलिरहेको सेन्टीभाईरस हेरेर निस्कने दर्शकले खासै राम्रो प्रतिक्रिया दिएका छैनन तर सेलीब्रटीहरुले भने अत्यन्तै राम्रो रहेको प्रतिक्रिया दीइरहेका छन् । यि त केही उदाहरण मात्रै हुन अधिकांश चलचित्रको दुर्दशा यस्तेै छ ।

चलचित्रको चाहे गित वा ट्रेलर लन्च जहा“ भएपनि कम्जोरीलाई यो कम्जोरी छ भनेर सिधा प्रतिक्रिया दिने स्लीब्रेटीहरु नै छैनन । जसका कारण झुटो तारीफमा निर्माता तथा निर्देशक अनि कलाकारहरु मख्ख परीरहन्छन । विश्वब्यापीकरणका कारण नेपाली दर्शकहरुले अब झुटो कुरा पत्याउनै छोडीसके आफ्नो कम्जोरीलाई स्विकार गरेर सुधार्दै जा“दा राम्रो छाप पर्छ भन्ने सोच चलचित्रकर्मीमा आउला कहिले ?

 

 

शारदा थापा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय