‘हिजो आजका कुरा’ को माया जदौमा दुई दर्जन बढी सेलीब्रेटी

२०७६ फाल्गुन १३, मंगलवार ०२:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ ।

हिजोआजको कुरा गीतको माया जदौ बोलको गीतामा दुई दर्जन भन्दा बढी नया पुराना सेलीब्रेटीहरु देखिएका छन् । बिहेको माहोलमा खीचीएको गितमा सबै सेलीब्रेटीले कम्मर मर्काएका छन् ।

बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको साकार पन्तको डेब्यू निर्देशित चलचित्र  हो ।

गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतको शब्द आनन्द अधिकारीले सिर्जेका हुन् ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेल, बसुन्धरा भुषाल, भुवन चन्द, दिनेश डिसी, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के भट्टराई, नितेश जंग कुँवर, नीर शाहलगायत फिचर्ड छन् । बिहेको माहोलमा गीत खिचिएको छ ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा चलचित्र निर्माण भएको बताइएको छ ।

रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष सन्त र साकार पन्तको हो । भने, सन्दीप किस्नाको पटकथा छ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै अभिनय रहेको चलचित्रमा केकी, ऋचा र रिमासँगै जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय