नायक आयुष्मानदेशराज जोशीले मनाए ब्याचलर पार्टी

२०७६ फाल्गुन ११, आईतवार ०६:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका प्रीयंका कार्कीस“ग आगामी फागुन १५ गते वैवाहीक जिवनमा बा“धीन लागेका नायक आयुष्मान कार्कीले पोखरा पुगेर ब्याचलर पार्टी मनाएका छन् । नायिका प्रीयंकाले केही समय अगाडि आफ्ना साथीहरुस“ग थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएकीथीईन ।

उनले पोष्ट गरेका तस्वीरहरुले निकै चर्चा पाएको थियो । यता नायक आयुष्मानले पनि आफ्ना साथीहरुसंग ब्याचलर पार्टी मनाएको तस्वीर ईन्ष्टामा शेयर गरेका छन् । सोही तस्वीरलाई नायिका प्रीयंकाले पनि ईन्ष्टामा शेयर गर्दै स्पीचलेस ,वेल डन गाईज लेखेकी छन् ।

पश्चिमा संस्कृतिमा बिहे अघि केटाले आफ्ना साथीहरु संग र केटीले आफ्ना केटी साथीहरुसंग केही रात वाइल्ड भएर ब्याचलर पार्टी मनाउने चलन छ तर नेपालमा चलन छैन । यस अघि नेपालमा सम्भवत पहिलोपटक हुनुपर्छ नायिका ऋचा शर्माले बिहे अघि पोखरा पुगेर ब्याचलर पार्टी मनाएकी थिईन ।
बिहेपछि आफनो स्वतन्त्र जिवनको अन्त्य हुने र बिहे अघिको रमझम र स्वतन्त्रता खोसीनु अघिको रमाईलोपनको रुपमा ब्याचलर पार्टीलाई लिने गरीन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय