‘प्रेमगीत ३’ को लिरिकल भिडियो सार्वजनिक

२०७६ फाल्गुन १०, शनिबार ०४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘प्रेमगीत ३’ को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेशकुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।

गीतमा प्रदीप खड्का र क्रिस्टिन गुरुङ फिचर्ड छन् ।

गीतमा बाल कलाकार अनुभव रेग्मी र सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ । फिल्ममा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मका निर्देशक छेतेन गुरुङ र सन्तोष सेन हुन् ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीको सम्पादन छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म आगामी चैत २८ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय