चिरञ्जीवी भण्डारीको आवाजमा रहेको ‘बिस्तारै बिस्तारै सार्वजनिक

२०७६ फाल्गुन ९, शुक्रबार ०६:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मेलिना राई र चिरञ्जीवी भण्डारीको आवाजमा रहेको ‘बिस्तारै बिस्तारै तिमी मेरी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

प्रतिमा गुरुङको शब्द रहेको गीतमा चिरञ्जीवीकै संगीत छ। सञ्जिव बराईलीको एरेञ्ज रहेको गीतले प्रेमभाव बोल्छ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको गीतको भिडियोमा गायक चिरञ्जीवी स्वयंमको अभिनय हेर्न सकिन्छ।   अपोजिटमा अभिनेत्री जेबिका कार्कीले अभिनय गरेकी छिन्।

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो चिरञ्जीवीकै युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय