पर्खी बसे फर्की आउछुु को शिर्ष गीत रेकर्डिङ

२०७६ फाल्गुन ९, शुक्रबार ०६:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कथानक चलचित्र  पर्खी बसे फर्की आउछुु को शिर्ष गीत रेकर्डिङ   भएको छ । प्रस्तुत शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्य स्वर,सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।

राजबहादुर सानेको निर्देशनमा बनेको यस चलचित्रको छायांकन दाङमा सुरु हुदै राजधानीमा समेत भएको छ।
रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता रहेका छन्। यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा बनेको हो।

लचित्रमा प्रेम परियार , समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल,हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा।लोकराज पराजुली, हेमराज बीसीलगायतका कलाकारको अभिनय रहनेछ। अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने छ ।

चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ भने चलचित्रमा वसन्त सापकोटा, सगै एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको पनि संगीत रहनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय