फागुन ३० बाट प्रदर्शनमा आउने फिल्म ‘नीरफुल’ को गीत सार्वजनिक गरिएको छ ।
प्रेम दिवसको अवसर पारेर ‘तिमी बदनामी‘’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ ।
नायिकासँगै गायिकाको परिचय बनाएकी रेखाले यसमा बार गायककै भूमिका निर्वाह गरेकी हुन् ।
सार्वजनिक गीतमा सँगीत अर्जुन पोखरेल , स्वर दुर्गा खरेलको रहेको छ भने यसको शब्द फिल्मकै निर्देशक फुलमान वलले नै लेखेका हुन् । ’फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् ।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।
निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ रहेका छन् ।


