चलचित्रबृत्तमा लामो समय देखि विवाहको चर्चा रहेको नायिका प्रियंका कार्कीको विवाह मिति तय भएको छ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको आगामी फागुन १५ गते विवाह हुने पक्का भएको जानकारी नायिका प्रियंकाले ईन्ष्टाग्राममा तस्वीर शेयर गरेर जानकारी गराएकी हुन ।
नायिका प्रियंका र आयुष्मानले एक बर्ष अगाडिनै ईङगेजमेन्ट गरीसकेका छन् भने केही समय अगाडि नायिका प्रियंकाले थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएकी थीइन् । हाल आफुहरु घरको सेटीङमा ब्यस्त भएको प्रियंका ले जनाएकी छन् । नायिका प्रियंका कार्की पहिलो विवाह असफल भएपछि सम्बन्ध बिच्छेद गरेर चलचित्र तथा म्युजिक भीडीयोमा जमेकी हुन ।

यता डक्टर उदिप श्रेष्ठ संगको प्रेममा रहेकी आ“चल शर्माको पनि आउ“दो फागुन २९ गते विवाह मिति तय भएको सार्वजनिक भएको छ । नायिका आ“चल म्युजिक भीडीयो तथा चलचित्रमा ब्यस्त छिन् ।


