सोनी फिल्मसको प्रस्तुतीमा बनेको प्रेमसंसार चलचित्रले ५१ दिन मनाएको छ । गएको मंसिर २७ बाट प्रदर्शनमा आएको प्रेमसंसारले ५१ दिन मनाएको खुशीयालीमा निर्माण टिमले आज एक कार्यक्रम गरी खुशी साटेको छ ।
अष्टनारायण ्गुण र गोपी ३ वटा हलमा प्रेमसंसार चलचित्रले ५१ दिन पार गरेको छ । प्रेम सोनी सुनारले निर्माण गरेको प्रेमसंसारमा उनि आफै लिड रोलमा रहेका छन् भने राम गौतमले फिल्मको निर्देशन गरेका हुन ।
लभस्टोरी फिल्म प्रेमसंसारमा नायिका आयुष्मा कार्की रहेकी छन् । ५१ दिनको कार्यक्रममा निर्माता तथा कलाकार प्रेमबहादुर सोनीले आफु नया भएपनि आफुले गरेको कामले सफलता पाएकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा निर्मातासंघका अध्यक्ष नायक तथा निर्देशक आकाह अधिकारीले चलचित्रको स्क्रिप्ट राम्रो हुनुपर्ने बताए । कार्यक्रममा चलचित्रसंग आबद्ध टिम , अतीथी तथा संञ्चारकर्मीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रममा निर्माता प्रेमसोनी सुनारले प्रेमसंसार २ को पनि घोषणा गरेका छन् ।



