४ बर्षपछि बर्षा र पल २ नम्बरीमा संगै

२०७६ माघ १४, मंगलवार ०२:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक तथा मोडल पल शाहले नाइनभन्नु ल ४ बाट सिनेमामा डेब्यु गरेका हुन उनै पलले धेरेै म्युजिक भीडीयोमा मोडल तथा कलाकार बर्षा राउतसंग स्क्रीन शेयर गरेका छन् । तर सिनेमामा ४ बर्षपछि २ नम्बरी नामक चलचित्र मार्फत एक साथ देखिने भएका छन् ।

बर्षासंग ४ बर्षपछि फिल्ममा देखिन पाउदा खुशी लागेको पल शाहले २ नम्बरी फिल्मको एनाउन्समेन्टमा बताए । फिल्म २ नम्बरी लाई यस वर्षको ब्लकबस्टर सिनेमा छ माया छपक्कै निर्देशन गरेका दीपेन्द्र लामाले निर्देशन गर्देैछन् ।

सोमबार राजधानीमा आयोजित प्रेसमिटमा सिनेमाको बारेमा जानकारी दिइयो । सामाजिक कथाबस्तुमा बुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ । घोषणा सभामा कलाकार दयाहाङ, पल र वर्षा उपस्थित थिए ।
ब्लकबस्टर जात्रै जात्रा पछाडी पहिलो सिनेमा साइन गरेकी वर्षाले राम्रो टिमबाट राम्रो काम निक्लिने आशा व्यक्त गरिन ।

किरण नेपालीको प्रस्तुति रहने २ नम्बरीलाई सुशन प्रजापतिले खिच्नेछन । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने सिनेमाका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् ।


रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने सिनेमामा अमलादेवी राईको सह(लगानी रहनेछ । माघ २५ देखि फ्लोरमा जाने सिनेमालाई आगामी जनैपुर्णिमा रिलिज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय