लभ डायरीजको लागि सुशील बाहेक कोही फिट थिएन

२०७६ माघ १०, शुक्रबार ०४:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक सुशील श्रेष्ठद्धारा अभिनित फिल्म लभडायरीज चलचित्रको ट्रेलर सार्वजनिक गरएिको छ । आगामी फागुन २ गते भ्यालेन्टाईन डेका दिन प्रदर्शनमा आउने चलचित्र लभ डायरीजको ट्रेलरलाई सबैले मन पराएका छन् ।

सौरभ चौधरीले निर्देशन गरेको चलचित्र लभडायरीजमा नायक सुशील र नवनायिका रुबीना थापाको मुख्य भुमिका रहेको छ । निर्देशक चौधरीका अनुसार लभडायरीजको लागि नायक खोज्दा सबैले सुशील श्रेष्ठ बाहेक अरुको नाम सिफारीस नगरेको र अरु कोही फिट थिएनन । बडी स्ट्रक्चर , फेस बोल्डनेस जस्ता सबै कुराले सुशील परीपक्व भएकोले उनलाई लीड रोलमा लिएको निर्देशक सौरभ चौधरीले बताए ।

निर्देशक चौधरीका अनुसार चलचित्र लभडायरीज एउटन केटा र केटीबीचको प्रेम सम्बन्धभित्रका उत्कृष्ट पलहरुको कलेक्सन हो । चलचित्र लभडायरीजबाट निकै आशावादी रहेका सौरभ चौधरीको यो पहिलो चलचित्र हो । नायक सुशील श्रेष्ठले होस्टल रिटर्नसबाट डेब्यु गरेका हुन । चलचित्र लभडायरीजलाई बिनोद सापकोटाले निर्माण गरेका हुन भने चलचित्रमा मधु वास्तोलाको लेखन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय