सिजी कामना फिल्म अवार्डमा प्रसाद’को वर्चश्व

२०७६ पुष २९, मंगलवार १३:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाली फिल्म र फिल्मकर्मीको सम्मान सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ ले प्रमुख विधामा आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरि पाँच विधामा अवार्ड जितेको छ । तर, अभिनेताको अवार्ड उचाल्न विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत कार्यक्रममा उपस्थित थिएनन् ।

शनिबार साँझ ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको अवार्ड समारोहमा फिल्मकर्मीहरु बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्वस्तिमा खड्काले प​ब्लिक च्वाईस​ अवार्ड पाउँदा फिल्म ‘साइँली’ बाट द​याहाङ​ राईले स​ह​(अभिनेताको अवार्ड आफ्नो पक्षमा पारे । त्यस्तै, फिल्म ‘नाईं नभन्नू ल ५’ बाट सह(अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले आफ्नो पोल्टामा पार्दा ‘बोबी’ बाट उमेश​ थापा नव(नायक र ‘ए मेरो हजुर ३’ बाट सुहाना थापा नव(अभिनेत्री घोषित भए ।

२६ विधामा प्रदान गरिएको कामना अवार्ड समारोहमा ‘पुस्करलाल मिडिया अवार्ड’ बाट आर। के मानन्धरलाई सम्मानित गरिएको थियो भने कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई नगद एकरएक लाखसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यस्तै, ‘क्रिटिक्स अवार्ड थिएटर’ विधामा श्रृजना सुब्बा, क्रिटिक्स अवार्ड फेसनमा ज्ञानी शोभा तुलाधर, क्रिटिक्स अवार्ड संगीतमा न्ह्यू बज्रचार्यले अवार्ड प्राप्त गर्दा ‘जुरी अवार्ड’ फिल्म ‘हरि’ ले पायो ।

पानी परेका कारण बढेको चिसोको बावजूद पनि कामना अवार्डमा सहभागी हुन नयाँदेखि पुराना थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो । अभिनेता राजेश हमालले उद्घोषण गरेपछि सुरु भएको अवार्ड समारोहमा भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ललगायत उपस्थित भएका थिए । कार्यक्रममा विभिन्न कलाकाहरुले आफ्नो प्रस्तुति पनि दिएका थिए ।

विजेताको सूची यसप्रकार छ

फिल्म​ स् प्र​साद
निर्देश​क स् दिनेश​ राउत​ ९प्र​साद​
अभिनेता स् विपिन​ कार्की ९प्र​साद​
अभिनेत्री स् न​म्र​ता श्रेष्ठ​ ९प्र​साद​
काम​ना प​ब्लिक च्वाईस​ अवार्ड​ स् स्व​स्तिमा ख​ड्का
स​ह​(अभिनेता स् द​याहाङ राई ९साइँली
स​ह​(अभिनेत्री स् प्रियंका कार्की ९नाईं न​भ​नू ल​ ५
डेब्यू नाय​क स् उमेश​ थापा ९बोबी०

डेब्यू नायिका स् सुहाना थापा ९ए मेरो ह​जुर ३
सिजी क्रिटिक्स​ अवार्ड​ थिएट​र स् सिर्ज​ना सुब्बा
सिजी क्रिटिक्स​ अवार्ड​ फेश​न​ स् ज्ञानी शोभा तुलाधार​
सिजी क्रिटिक्स​ अवार्ड​ संगीत​ स् न्ह्यु ब​ज्राचार्य​
काम​ना जुरी अवार्ड​ स् ह​री
कथाकार स् ख​गेन्द्र​ लामिछाने ९ड​म​रुको ड​ण्डीबियो
डेब्यू निर्देश​क स् छेतेन​ गुरुङ ९ड​म​रुको ड​ण्डीबियो
ख​ल​पात्र​ स् प्र​मोढ​ अग्र​ह​री ९कथा काठ​माण्डु
स​म्पाद​क स् निमेष​ श्रेष्ठ​ ९ड​म​रुको ड​ण्डीबियो
प​ट​कथा​ स् शुशिल​ पौडेल​ ९प्र​साद​

संवाद स् दीप​कराज​ गिरी ९छ​क्का प​ञ्जा ३
हाँस्य​ कलाकार​ स् केदार​ घिमिरे ९छ​क्का प​ञ्जा ३
बाल​ कलाकार​ स् सेड्रिना श​र्मा ९नाईं न​भ​नू ल​ ५
कोरियोग्राफ​र​ स् कविराज​ ग​ह​त​राज​ ९छ​क्का प​ञ्जा ३
द्व​न्द्व​ निर्देश​क ​स् शुक्र​राज​ शाह​ ९भिलेन​०
पाश्र्व​ संगीत​ स् एलिश​ कार्की ९ड​म​रुको ड​ण्डीबियो
संगीत​कार​ स् ब​स​न्त​ साप​कोटा ९नाई न​भ​नु ल​ ५
गीत​कार​ स् दिनेश​ थ​प​लिया ( तिम्रो आँखामा ९नाईं नभन्नू ल​ ५
गाय​क स् हेम​न्त​ राना म​ग​र​ ९साइँली०
गायिका स् अञ्जु प​न्त​ ( सँग​सँगै ९बाँध​ मायाले

सिनेमाटोग्राफ​र​ स् पुरुषोत्त​म​ प्र​धान​ ९नाईं न​भ​न्नू ल​ ५
ध्व​नी मिश्र​ण​ स् सुन​य​मान​ श्रेष्ठ​  छ​क्का प​ञ्जा ३
श्र​ङ्गार​ स् श्याम​ लामा ९च​क्कर​
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ कला स् नीर​ शाह​
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ प्राविधिक स् स​न्तु तामाङ​

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय