गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

२०७६ पुष ९, बुधबार १३:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएकोछ । बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।

निलम शाहले मंगलबारमात्रै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गरेकी थिइन् ।  शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन् ।

ढकाल र शाहबीच प्रेम विवाह भएको थियो । ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय