आमा’ट्रेलरको चर्चा

२०७६ पुष ९, बुधबार ०६:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दीपेन्द्र के खनाल निर्देशित नयाँ चलचित्र ‘आमा’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।  चलचित्रको ट्रेलर सार्वजनिक भयो । अहिले चलचित्रको ट्रेलरको निकै चर्चा भैरहेको छ । ट्रेलरले धेरैलाई रुवाएको छ ।

३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग र समर्पणसँगै श्रीमानलाई जीवन दिन एक श्रीमतीले गर्ने संघर्षपूर्ण कथालाई निकै मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरमा अभिनेत्री मिथिला शर्माको अभिनय र संवादले आँखा रसाउँछ । अभिनेत्री सुरक्षा पन्तको अभिनय पनि उस्तै मनछुने छ ।

शर्मिला पाण्डे निर्मित ‘आमा’ चलचित्रको ट्रेलरलाई यो समाचार तयार पर्दासम्म सात लाख बढीले हेरिसकेका छन् ।  कमेन्टमा कसैले ट्रेलरको बारेमा नराम्रो लेखेका छैनन् ।

सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको ‘आमा’ को ट्रेलर हेरेपछि धेरैले भावुक भएको प्रतिक्रिया जनाएका छन् ।

सुरक्षा र मिथिलाका अलावा चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको चलचित्रको अधिकांश दृश्य पानीमा खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय