वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन

२०७६ पुष ९, बुधबार ०६:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वरिष्ठ हास्यकलाकार आनन्द थापाको गए राती ८० वर्षको उमेरमा निधन भएको छ । उनी विगत दुई वर्षदेखि प्यारालाइसिसबाट पीडित थिए ।

चलचित्र ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका थापाले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत दर्जनौं चलचित्रमा काम गरेका छन् । भने, गाईजात्रा महोत्सवमा हास्य व्यंग्य, नाटक तथा टेलिचलचित्रको लेखन र निर्देशन समेत गरेका थिए । उनको श्रीमतीसहित ३ छोरा छन् ।

उनको निधनप्रति चलचित्रकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् समवेदन प्रकट गरेका छन् । केही पुराना चलचित्रकर्मीहरु भने कलाकार थापालाई श्रद्धाञ्जली दिनका लागि आर्यघाट पुगेका छन् । अहिलेका चल्तीका प्रायः हास्यकलाकारहरु उनलाई आफ्नो गुरु मान्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय