चलचित्र निर्माता तथा वितरक सुशील पोखरेललाई मातृशोक

२०७६ पुष ३, बिहीबार १४:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र निर्माता तथा वितरक सुशील पोखरेललाई मातृशोक परेको छ । निर्माता पोखरेलकी आमा भीमकुमारी पोखरेलको मंगलबार बिहान ७२ वर्षको उमेरमा निधन भएको हो । मंगलबार बिहान १० बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए ।

आफन्त र चलचित्रकर्मीले श्रद्धाञ्जली दिएपछि उनको अन्त्येष्टि गरिएको थियो । निर्माता पोखरेलकी आमा लामो समयदेखि विरामी थिइन् । चलचित्र निर्माता समाजका कोषाध्यक्ष र फिल्म वितरक कम्पनी एफडीका म्यानेजिङ डाइरेक्टर समेत रहेका निर्माता सुशील पोखरेल लामो समयदेखि चलचित्र निर्माणमा सक्रिय छन् । पछिल्लो पटक उनले ‘यात्रा’ नामक चलचित्र बनाएका थिए । पोखरेल ‘यात्रा’ सँगै ‘लभ सब’, ‘राधे’, ‘जीवनदाता’, ‘परदेशी’, ‘मैदान’, ‘जय शिव शंकर’ लगायतका चलचित्र निर्माणका निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय