चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

२०७६ पुष ३, बिहीबार १४:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बरिष्ट अभिनेता, चलचित्र निर्माता एवम् चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको आईतबार बेलुका एकाउन्न र्षको उमेरमा असामयिक निधन भएको छ । गए राति ११ बजेर १५ मिनेटमा भट्टराईको ॐ अस्पताल काठमाण्डौमा निधन भएको जनाइएको छ । मृत्युको कारण हर्टअट्याक भएको बताइएको छ । भट्टराईले बिगत डेढ दशकदेखि उच्च रक्तचापको औषधी सेवन गर्दै आएका थिए । भट्टराईको परिवारमा श्रीमती र एक छोरा छन् ।

२०४५ तिर तुलसी घिमिरेको चलचित्र कोसेलीबाट अभिनय यात्रा सुरु गरेका उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनेता तथा चरित्र अभिनेता भएर काम गरिसकेका थिए । सफल नेपाली चलचित्र आफन्त, आफ्नो मान्छेका निर्माता भट्टराईले पाहुना, छोडी गए पाप लाग्ला, सो सिम्पल, ब्रास्लेट, यात्रा जस्ता चलचित्र निर्माण गरेका थिए ।

बिगत ८ महिनादेखि चलचित्र विकाश बोर्डका अध्यक्ष रहेको भट्टराई यस अघि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष थिए । नेपाल विधुत प्राधिकरणमा दुई दशक भन्दा लामो सेवा गरेका भट्टराईले बोर्ड अध्यक्ष भएपछि ८ महिना अघि प्राधिकरणबाट अबकास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय