कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका चिर-परिचित अनुहारले फिल्मका कलाकारको अभिनयको प्रशंसा गर्दै कमेडी पाटो मन परेको प्रतिक्रिया दिएका छन् ।
‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीतमा प्रेमी सौगात मल्लसँग ठुम्का लगाएकी अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको कमेडी पाटोमा आफू धेरै हाँसेको बताइन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । फिल्म नयाँ कन्सेप्टमा बनेको छ ।’ प्रेमी सौगातको क्यारेक्टर आफूलाई नौलो र रमाइलो लागेको उनको भनाई छ ।
हो । तर, त्यसलाई भन्ने निर्देशक गुरुङको शैली मलाई गजब लाग्यो ।’ निर्माता रामबाबु गुरुङले पनि स्क्रिप्ट पढ्दा अनुमान गरिएको दृश्य पर्दामा देखिएको बताए ।
तीन बेरोजगार युवाको कथामा बनेको फिल्म हो, ‘माछा माछा’ । फिल्मका केन्द्रिय पात्र हुन्, सौगात मल्ल, विजय बराल र अनोज पाण्डे । राजधानीमा कोठा भाडामा लिएर बस्ने यी तीन युवाले पैसा कमाउन गर्ने दौडधुपमा फिल्म घुमेको छ । ‘लुट’ फ्लेवरमा बनेको फिल्ममा सौगातको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग बाँधिएको छ ।


