नायक अनमोलले यस पटक बिदेशमा भएको दुई अवार्ड आफ्नो हाता पारेका छन् ।
जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा अनमोलले फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड चुमे । अवार्ड कार्यक्रममा दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै भएको तस्विर बाहिरिएपछि अवार्डको लोभमा आफ्नो धरातल बिर्सिएको भन्दै आलोचना खेप्नुपर्यो ।
जापानपछि उनी अर्को अवार्ड कार्यक्रममा सहभागी हुन पिता भुवन केसीसँग अमेरिका हानिए । अमेरिका उड्दै गर्दा जापानको विमानस्थलमा अभिनेत्री वर्षा राउतसँग खिचेको तस्विर बाहिरिएपछि ‘ग्लोबल फिल्म अवार्ड’ मा पनि उनले अवार्ड पाउने कतिपयको दाबी थियो । अन्ततः आइतबार भएको अवार्ड कार्यक्रममा उनले ‘स्टार अफ दि इयर’ को अवार्ड जितेका छन् ।

उनी मात्र होइन ‘ग्लोबल फिल्म अवार्ड’मा सहभागी हुने प्रायः सबै कलाकारले कुनै न कुनै विधामा अवार्ड जितेका छन् । पछिल्लो समय नेपाल तथा विदेशमा हुने नेपाली फिल्म अवार्ड ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने शैलीमा बाँड्ने गरिन्छ । यसबाट ‘ग्लोबल फिल्म अवार्ड’ अपबाद रहने कुरै आउँदैन ।
अभिनेता अनमोलले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै आफूले पाएको अवार्ड आफ्ना प्रशंसकलाई समर्पित गर्न चाहेको बताएका छन् । न्न

