अभिनेत्री शिल्पा जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा

२०७६ कार्तिक २९, शुक्रबार १०:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेत्री शिल्पा पोखरेल बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा भएकी छन्।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन्। न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो।

छवि ओझा र जाहेरीकर्ता हेमाकुमारी ओझाबीच यसअघिनै अंशबन्डा भएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ। जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय