सुमन पण्डितको निर्देशन सिन्दूर’मा गायिका मिलन नेवारको स्वर र अभिनय

२०७६ कार्तिक २९, शुक्रबार ०८:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

म्यूजिक भिडियो ‘सिन्दूर’ आजबाट सार्वजनिक भएको छ ।
संगीतकार ज्योतिप्रकाशको संगीत सिर्जनामा रहेको गीतको म्यूजिक भिडियोलाई कलासँगै सांगीतिक ब्याण्डसहित निर्माण गरिएको हो । पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीत ‘सिन्दूर’मा गायिका मिलन नेवारले स्वर दिएकी छन् । मिलनको स्वरसँगै भिडियोमा पनि गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ । हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको छ ।

। म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका थिए । रेकर्डिङमा ज–जसले वाद्यवादनको जिम्मेवारी सम्हालेका थिए भिडियोमा पनि उनीहरुकै प्रस्तुतिलाई समावेश गरिएको छ । वाद्यवादनको समूहसँगै कलाको विविध आयामलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन् । पत्रकार तथा गीतकार सुमन पण्डितले यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय