नेपाली सुपरस्टार नायिकालाई नायिका नभन्ने गोवीन्दा को हुन ?

२०७६ कार्तिक २४, आईतवार ०६:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

शारदा थापा

स्वर्णीम चलचित्र महोत्सव २०७६ बिरगञ्जमा पहिलोपटक भैरहेको छ । कार्तिक २१ ,२२ र २३ गते सम्म हुने महोत्सवमा बलीउड अभिनेता गोबीन्दा आहुजा प्रमुख आकर्षणमा रहे । बिहिबार बिरगंञ्ज पुगेका तिन दशक अघिदेखि बलीउड फिल्ममा अभिनय मार्फत आफ्नो छाप छोड्न सफल अभिनेता गोबीन्दासंग सेल्फी लिने मोह कस्लाई पो थिएन होला ,भ्याएजती सबैले लिए ।

यस अघिपनि नेपाल आउंदा आफ्नो क्रेजले कार्यक्रमका अन्य गतिबिधिलाई छांयामा पारेका बलिउड अभिनेता गोबीन्दाले स्वर्णीम चलचित्र महोत्सवमा पनि आफ्नै क्रेजले सबैलाई आकर्षीत गरे । नेपालको त्रिभुवन अन्तराष्टिय बिमानस्थलदेखि नै मिडियाको घेरामा परेका गोबीन्दालाई नेपाली स्टारहरुसंग सेल्फी दिन भ्याईनभ्याईनै भयो ।

सेल्फी,फोटो भिडियोको कुरा सामान्यनै हो तर नेपाली कलाकारहरुले भने गोवीन्दासंग सेल्फी लिन र फोटो खिच्न पाउनुनै अहो भाग्य ठानेझै देखियो । त्यसो त बलीउडबाट अन्य हस्तीको पनि आगमन भएको छ उनिहरुको चर्चा छैन न महोत्सवमा भएका गतीबिधिहरुको । जब बिहिबार साझ गोवीन्दा स्टेजमा उक्लीए हज्जारौको भीडले स्वागत गर्यो जहा गोवीन्दाले भाषा संस्कृतिको संरक्षणको राम्रै चर्चा गरे ।

गोवीन्दाले आफ्ना प्रस्तुतीसंगै नेपाली नायिकाहरुलाई सम्बोधन गरे मेरे लिए साली हे भन्दै । उनले भने नेपालका स्टार नायिकाहरुलाई मेरे लिए एक्टेस नही हे मेरे लिए साली हे ,।

गोवीन्दाले सालीभनेपछि नायिकाहरु के कम संगसंगै गोवीन्दासंग कम्मर मर्काए महोल रमाईलो बन्यो ,नेपाली मुलकी सुनिता आहुजासंग बिहे गरेका गोबीन्दाले नायिकालाई साली भनेपछि नायकहरुलाई सालो किन भनेन , मेरो सालीहरु सुपरस्टार छन् किन भनेनन , उनले त भने यिनिहरु मेरालागि एक्टेस हैनन साली मात्रै हुन । के अब बलिउड गोबीन्दाले नेपाली सुपरस्टार नायिकाहरुलाई नायिका नभन्ने साली मात्रैको सम्बन्धको के अर्थ, भन्ने चर्चा बजारमा चलिरहेको छ ।

गसीप

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय