गायक रुपक डोटेल र गायिका मनिषा पोखरेलको आवाजमा रहेको गीत ‘करेन्ट लाग्छ’को भिडियो सार्वजनिक भएको छ । आईटम गीत स्टाईलको गीतमा निश्चल कल्पनाको शब्द तथा केबी भण्डारीको संगीत रहेको छ ।
गीतको भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक आदित्य बुढाथोकीले बताए ।
भिडियोमा राज बस्नेत, बिनु शाक्य, करण शाह लगायतको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायांकन गरेका छन् भने प्रकाश एसके ले संपादन गरेका छन्


