घामड शेरे’को प्रिमियर

२०७६ कार्तिक २४, आईतवार ०४:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिनेमा ‘घामड शेरे’को प्रिमियर सम्पन्न भएको छ । भक्तपुरको भाट(भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो सिनेमा स्वरुप ‘घामड शेरे’ प्रिमियर गरिएको हो ।

निक्कै आशा गरिएको सिनेमा हेर्न चर्चित सेलेब्स उपस्थित भएका थिए । हेमराज बिसी निर्देशित सिनेमा हेरेपछि सम्पूर्णले तारिफ गरे । कथाबस्तु, प्रस्तुति, अभिनय, छायाँकन र साउण्डको विधामा सिनेमा अब्बल पाएको उपस्थित पाहुनाहरुले प्रतिक्रिया दिए ।

एक शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको सिनेमामा निश्चल बस्नेतले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

नेपालको प्रशासनिक व्यवस्था, साली(भेनाको सम्बन्ध, वैदेशिक रोजगारले निम्त्याएको परिस्थितिलाई पनि सिनेमाले बुनेको छ ।

सिनेमामा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भूमिका छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा भित्र्याइएको छ ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित सिनेमाको कथा र लेखनसमेत निर्देशक बिसीको हो । रिलिज पुर्वको हाइप र हलरशोज संख्याको कारण सिनेमाले राम्रो व्यापार गर्ने अनुमान छ ।

सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय