चलचित्र ‘पोइ पर्‍यो काले’ हेर्ने दर्शकको भिड

२०७६ कार्तिक ९, शनिबार ०९:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ हेर्ने दर्शकको भिड उल्लेख्य  रहेको थियो   , प्रतिक्रिया लिन चलचित्रका केही कलाकार हलसम्म पुगेका छन् । चलचित्रका प्रमुख दुई कलाकार पूजा शर्मा र आकाश खड्का शुक्रवार अपराह्न चाबहिल स्थित गोपी कृष्ण हल पुगेका थिए । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रले बलिउडका दुई प्रतीक्षित चलचित्रका कारण मल्टिप्लेक्स हरूमा न्यून सोज पाएका छन् ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय