सुर्य इन्टरनेसनल अवार्ड २०१९को टप ३ मनोनित सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरेर मनोनित टप ३ लाई प्रमाणपत्र वितरण गरेको छ।
एपीएफको मुख्यालयमा सम्पन्न टप ३ सार्वजनिक समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, बुद्धि तामाङ, निर्देशक ऋषि लामिछाने, निर्देशक दीपेन्द्र लामा, वितरक गोपाल काजि कायस्था र अन्य थुप्रै गायक, गायिका र संगीतकारहरुको बाक्लो उपस्थिति थियो।
टोकियोको १५०० क्षमताको नाकानो जेरो हलमा भव्य रुपमा हुने अवार्डमा फिल्म बाट ६ वटा र गीत संगीतको ६ वटा विधामा अवार्ड वितरण हुनेछ। प्रत्यक्ष भोटिङको आधारमा छनौट गरिने यस अवार्ड समारोहमा पपुलर विधा तर्फको अवार्ड पनि रहेको आयोजक लामिछानेले बताएको छ। समारोहमा नेपालबाट चार दर्जन सेलिब्रेटी, अतिथि र अवार्ड इच्छुक आगन्तुकहरु पनि समावेश हुनेछन् ।
अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।
आज सार्वजनिक टप ३ को लिस्ट
फिल्म विधा
१ फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट
२ निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३
३ अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन
४ अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी
५ सह अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले
६ सह अभिनेत्री
बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५


